अभियन्ता ‘ई:’ लाई भेट्न सभागृह पुगिन् उपमेयर डंगोल

लोकपथ
119
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शान्तीपुर्ण आन्दोलनरत अभियन्ता ‘ई:’ सँग भेट गरेकी छन् । काठमाडौं महानगरको मेयर कार्यालय अगाडि उभिएर प्रदर्शन गरिएका ई: लाई भेट्न डंगोल आज बिहान राष्ट्रिय सभा गृह पुगेकी हुन् ।

ई: ८ दिनदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर प्रदर्शनमा रहेका छन् । उपमेयर डंगोललाई भेटेपछि ई: ले उपमेयरले स्वास्थ्यलाभको कामना गर्दै सडक व्यवसायीहरुको वैकल्पिक व्यवस्थाका लागि आवश्यक नीति बनाउने जनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?