तरुण दलको गगन–शेखर समूहको भेला, शपथग्रहणदेखि रणनीतिक निर्णयसम्म !

लोकपथ
252
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर गगन–शेखर समूह निकट तरुण दलका केन्द्रीय सदस्यहरुको बैठक बसेको छ ।

सोमबार दिउँसो बत्तिसपुतलीस्थित काजि किचेन रेष्टुरेन्टमा भएको छलफलमा तत्काल मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण गर्नुुपर्ने, विभिन्न जिल्लामा कार्यबाहक अध्यक्ष र जिल्ला अध्यक्ष तोक्नुुपर्ने विषयमा छलफल भएको छ ।

त्यसैगरी तरुण दलमा विवादित र प्रहरीको अनुसन्धानमा रहेकाहरुको मुद्दाको विषयमा विज्ञप्ति जारी गरिनुपर्नेसहित आगामी रणनीतिका बारेमा छलफल भएको दरुण दलका केन्द्रीय सदस्य निरञ्जन थापाले जानकारी दिए ।

१०० जना भन्दा बढी केन्द्रीय सदस्य उपस्थित रहेको उक्त भेलामा बोल्दै केन्द्रीय सदस्य थापाले रुपान्तरण अभियानको असोज १४ गतेको कार्यक्रममा निम्ति तयारी गर्ने, तरुण दलका संस्थापक अध्यक्ष सिंहध्वज थापाको फोटो केन्द्रीय कार्यालयमा राख्ने विषयमा नेतृत्वको ध्यानाकर्षण गराए ।

साथै आफ्नै नेताहरुले गलत गर्दा बोल्नुपर्ने संसदीय बोर्डको निर्वाचनमा उक्त समूहबाट भएको धोकाका विषयमा समेत उक्त समूहले समीक्षा गरेर जानुपर्नेमा जाड दिए । गगन शेखर समूहमा ३४–३५ जना सांसद रहे पनि संसदीय दलको निर्वाचनमा गगन थापालाई २५ मत मात्रै परेको विषयमा समीक्षा गर्न ढिला हुन नहुनेमा ध्यानाकर्षण गराएका थिए ।

गत असार १४ गते तरुण दलका अध्यक्ष विद्धान गुरुङले एकैपटक ४०० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । तर अहिलेसम्म कुनै सदस्यको पनि शपथग्रहण हुन सकेको छैन । सो विषयमा गगन–शेखर निकट तरुण दलका केन्द्रीय सदस्यहरुले अध्यक्षको ध्यानाकर्षण गराउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?