काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र स्टार हस्पिटल प्रा.लि. सानेपा, ललितपुरबीच स्वास्थ्य सेवामा विशेष छूट उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका कर्मचारी तथा ग्राहकहरु स्टार हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा २० प्रतिशतसम्मको छूटबाट लाभान्वित हुनेछन् ।
सम्झौतामा अनुसार प्रोग्रेशिभ फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा स्टार हस्पिटल प्रा.लि.का तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरे ।
उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले स्वास्थ्य सेवाजस्तो आधारभूत आवश्यकतामा यस फाइनान्सका ग्राहकहरुको सहज तथा सहुलियतपुर्ण पहुँच रहोस भन्ने उद्देश्यका साथ यस्तो सम्झौता कार्यान्वयन गरिएको बताए ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया