काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले, अन्तर्राष्ट्रिय शान्ति दिवसलाई विभिन्न दबाब मुलक कार्यक्रम गरी मनाएको छ ।
संक्रमणकालिन न्याय सम्बन्धी संसोधन विधेयकलाई मानव अधिकार मैत्री बनाउ र टुंगोमा पुर्याऊ, विस्तुत शान्ति सम्झौताको मर्म अनुरुप मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई दण्डित गर भन्दै शान्ति समाजले देशका विभिन्न स्थानमा प्रर्दशनसहितका दबाब मुलक कार्यक्रम गरेको हो।
काठमाडौं बौद्धस्थित शान्ति स्तुपा अगाडि सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायत शान्तिवादीहरुले पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर्दै संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह गरेका छन् ।
यसैगरी शान्ति समाजद्वारा रुपन्देहीको सैनामैनामा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका सल्लाहकार गोविन्द खनालले दशक लामो सशस्त्र द्वन्द्वमा अन्तर्राष्ट्रिय मानवीय कानुनले युद्ध अपराध ठहर गरेको बाल सैन्यको प्रयोग लगायत गम्भीर मानव अधिकार उल्लंघन र मानवता विरुद्धका विभिन्न घटनामा संलग्नहरुलाई विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप दण्डीत गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य डि.पी खनाल, पत्रकार हरिश ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हिंसाको भविष्य हुदैँन, शान्तिको विकल्प हुदैँन भन्ने मान्यतासहित शान्ति समाजले स्थापनाकालदेखी नै (२०५३ साल) अन्तर्राष्ट्रिय शान्ति दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसैगरी एक दर्जन बढी जिल्लामा आज साँझ शान्ति संस्कृति निर्माणमा जोड दिँदै दीप प्रज्वलन लगायत कार्यक्रम गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया