काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज २ गते मंगलबार ऋषि पञ्चमीको अवसरमा महिलाहरुलाई बिदा नदिने भएको छ ।
२०८० सालको भित्ते पात्रामा महिलाहरुलाई बिदा दिने भनिए पनि बिदा नरहेको जानकारी गराएको हो ।
महानगरको आन्तरिक महाशाखा प्रमुख सरिता राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्रे पात्रोमा मिति २०८० साल असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिन महिला कर्मचारीहरुलाई बिदा भनि उल्लेख भएको भएतापनि उक्त दिन बिदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया