वन्ली चोकोफन भन्ने नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान

लोकपथ
70
Shares

काठमाडौं । नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी सुजल फूड्स प्रा. लि. ले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ । वन्ली चोकोफन भन्ने संदेश बोकेको यस बिज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ ।

चोकोफन देशकै पहिलो र ओरजिनल चकलेट वाफेर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बसेको छ र बिगत दुई दशकभन्दा बढी समय देखि आफ्ना हरेक ग्राहक बर्गलाई मिठास छर्दे आएको छ । यस बिज्ञापन अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई वन्ली चोकोफनको साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ ।

बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा वन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको यस बिज्ञापन अभियानको प्रबर्धन टेलिभिजन, रेडियो, डिजिटल मीडिया तथा सामाजिक संजाल मार्फत प्रबाह गरिएको छ ।

बालबालिकाहरुले यस बिज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् । उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर वन्ली चोकोफनको टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउदछ । विज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै वन्ली चोकोफननै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।

बिगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको आईएसओ प्रमाणित कम्पनी सुजल फूड्स प्रा लि को लोकप्रिय उत्पादन हो चोकोफन । अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ । क्रिप्स्पी र क्रन्ची वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ ।

यस विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी पूर्णतः विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?