भाटभटेनीमा मञ्जुश्रीको छुट अफर

लोकपथ
56
Shares

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटको सहकार्य भएको छ ।

बुवाको मुख हेर्ने दिन, हरितालिका तिज र संविधान दिवसको पावन अवसर पारेर यही भदौ २८ गते देखि आश्विन ३ गते सम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपैंयाँ भन्दा माथिको विल भुक्तानी गर्दा यस वित्तिय संस्थाको मोवाईल बैंकिङ्ग एप मार्फत विल भुक्तानी गरेमा एक सय ५० रुपैंयाँ देखि तीन सय ५० रुपैंयाँसम्म छुट पाउने सूविधा उपलव्ध गराईएकोले मोवाईल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक वर्गहरुले सो सूविधाको उपयोग गरि लाभान्वीत हुनु हुन फाईनान्सले सबैलाई आग्रह गरेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि २६ वटा शाखा मार्फत नेपाल भरका प्रमुख शहरहरुमा सेवा पुराउंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?