जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु

दार्चुला– दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
 सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म१ज २८० नम्बरको जीप महाकाली नदीमा खस्दा ९ जनाको मृत्यु भएको दार्चुला प्रहरी कन्ट्रोलले पुष्टि गरेको छ । प्रहरीले जीप चालक गम्भीर घाइते रहेको भन्दै उनको भारतको पिठौरागढतर्फ उपचारका लागि पठाइएको पनि जनाइएको छ । मृतकहरुको भने सनाखत हुन बाँकी रहेको छ ।

घटना शुक्रबार राति ८ बजेतिर भएको थियो । अहिले पनि घटनास्थलमा उद्दार कार्य जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?