हिरासतमा रहेका शाहले गरे विष सेवन गरी आत्महत्या

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका एक अभियुक्तले विष सेवन गरी आत्महत्या गरेका छन् ।  

भारतीय नागरिक वर्ष ३० का सन्दीप शाहले हिरासत कक्षभित्रै विष सेवन गरेको कास्की प्रहरीले जनाएको हो । 

प्रहरी स्रोतका अनुसार उनले हिरासत कक्षभित्रै विष सेवन गरेका थिए । शाहले शुक्रवार बिहान ४ बजे विष सेवन गरेर बान्ता गर्न शुरु गरेपछि हल्लीखल्ली मच्चिएको प्रहरीले जनाएको छ ।

उनलाई गत पुस २ गते लागूऔषध कारोबारको गरेको आरोपमा पक्राउ गरिएको थियो । पक्राउ परेका शाहको साथबाट लागूऔषध नियन्त्रणमा ब्यूरो २ हजार ९ सय ७० वटा औषधिजन्य लागूऔषध बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?