निर्मलाकी आमालाई भेटेर के भने कांग्रेस सभापति देउवाले ?

कैलाली । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् । 

शुक्रवार बिहान निर्मलाको घरमा पुगेर निर्मलाकी आमा दुर्गादेवी पन्त र दिदीसँग भेटघाट गरेका हुन् । 

कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव उद्घाटनका लागि देउवा बिहीवार धनगढी हुँदै कञ्चनपुर पुगेका थिए ।

निर्मलालाई न्याय दिलाउने परिवारको मात्रै दायित्व नभएको बताउँदै सभापति देउवाले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मललाई न्याय दिलाउन लाग्नुपर्छ ।’

भेटमा उनले निर्मलालाई न्याय दिलाउन र अपराधी पत्ता लगाउन आफू र आफ्नौ पार्टी एक भएर लागिपर्ने बताए । 

कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव उद्घाटनका लागि देउवा कञ्चनपुर आएका हुन् ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको हत्याको ८ महिना पुग्दासम्म आरोपी पत्ता लगेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?