यस्ता बिरामी भेन्टिलेटरमा राख्ने

काठमाडौं-भेन्टिलेटर एउटा मेसिन हो । जसलाई मेकानिकल भेन्टिलेटर भनेर पनि पुकारिन्छ । शरीरमा कुनै गडबडीका कारण सास फेर्न गाह्रो भएमा बिरामीलाई भन्टिलेटरमा राखिन्छ । सामान्यतया स्वस्थ मानिसले अक्सिजन लिन्छ र शरीरलाई नचाहिने तत्व कार्बनडाइअक्साइडको माध्यमले बाहिर फाल्छ । कतिपय अवस्थामा शरीरमा कार्बनडाइअक्साइड बाहिर निकाल्न नसकेर श्वास–प्रश्वासमा गढबडी आउने गर्छ । यस्तो अवस्थामा शरीरलाई आवश्यक अक्सिजन प्रदान गर्न र उत्पादित कार्बनडाइअक्साइड बाहिर फाल्नका लागि बिरामीलाई भेन्टिलेटरमा राखिने गरिन्छ ।

बिरामी राख्ने
 अप्रेसन थिएटर र आइसियुमा रहेका बिरामीलाई भेन्टिलेटरमा राखिन्छ । जसमा बेहोस बनाएर गरिने शल्यक्रियाका क्रममा रहेका अधिकांश बिरामी पर्छन् ।
 फोक्सोले राम्ररी काम नगरेको अवस्था वा निमोनिया, दम, स्पाइनको समस्या भएका ।
 हर्ट फेलर भएका कारण फोक्सोमा पानी जमेका र स्नायु प्रणाली कमजोर भएर सास फेर्न नसक्ने अवस्था आएका ।
 खानेकुरा सर्केर फोक्सोमा जाने जोखिम भएमा, फोक्सोसम्बन्धी रोग र विभिन्न खाले मुटुका समस्या भएकालाई पनि भेन्टिलेटरको आवश्यकता पर्छ ।  

बिरामी निकाल्ने
 बिरामी निको भएपछि अर्थात् आफैँ सास फेर्न थालेपछि उसलाई भेन्टिलेटरबाट निकालिन्छ ।
 भेन्टिलेटरमा सिकिस्त बिरामीलाई मात्र राखिन्छ, त्यहाँ राखिएको मानिस बाँच्ने सम्भावना कम हुन्छ, निको भएमा पनि मांशपेसी कमजोर हुने र अन्य स्वास्थ्य समस्या देखा पर्र्छ भन्ने धारणा पाइन्छ । जुन गलत हो ।
 भेन्टिलेटरमा उपचार भएकाले किताब पढ्न, मोबाइल चलाउन, गीत सुन्न वा भिडियो हेर्न सक्छन् । यद्यपि, लामो समयसम्म भेन्टिलेटरमा राखिएका मानिसलाई बाहिरी वातावरणमा समायोजन हुन भने गाह्रो हुन्छ । तर, यो सबैमा भने लागू हुँदैन ।   नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?