देशभक्त छोरो मर्दा देशै रुदो रै छ…..(भिडियोसहित)

आज देश शोकामा डुबेको छ । रोइरहेको छ ।  देशमा राष्ट्रिय शोक घोषणा गरिएको छ । 

मृतकका परिवारमात्र नभएर देशविदेशका नेपाली शोकमा डुबेको यो घडीमा वातावरणसमेत धुमिल छ । शोकमा डुबेको छ ।

मौसमले समेत साथ दिएको छैन । देशभक्त छोरो मर्दा दशै रुदो रैछ भन्ने गीतको अन्तराजस्तै मानिस मात्र हैन प्रकृति पनि शोकमा डुबेको छ । मृत्यु पनि उराठ, कोलोहोलो र प्रदुषणले गाँजेको शहरमा बुधवार रातिदेखि परेको हिउँले चिसो ब्युत्याएको छ । घमाईलो बनाएको छ । तर, मौसमले जे बनाएको छ मानिसहरुले त्यसको महशुस अन्तरआत्माबाट गर्न सकेका छैनन् । सेताम्य बनेको काठमाडौंमा कुनै रौनकता छैन । चिसो घटेर गर्मिलाई वेलकम गर्न थालेको मौसमले एकाएक रुप बदले पनि मानिसको अन्तरमनमा छुनै सकेन । उपत्यका वरपरका डाँडा पाखा सेताम्य भएपनि मनमा कुनै उत्साह उमंगले देखिएको छैन । 


 

पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा ताप्लेजुङ्गको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।  

होलिकोप्टरमा दुर्घटनामा निधन भएका ७ जनाकै शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीवार दिउँसो सेनाको एमआई १७ हेलिकोप्टरमार्फत हेलिकोप्टरबाट काठमाडौं मौसमले फेरी आफ्नो आकार परिवर्तन गरेको छ । 

काठमाडौं ल्याइएको सातै जनाको शव शिक्षण अस्पतालमा पोस्टमार्टम गरिसकेको छ । पोस्टमार्टमपछि दिउँसो ३ बजेदेखि टुँडीखेलमा मन्त्री अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने छ । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिने भएको छिन् । 

दुर्घटनामा मृत्यु भएका दुई जनामध्ये पाँच जनाको अवस्था शरीर पूर्ण रुपमा जलेका कारण शव पहिचान गर्न गाह्रो भएको छ । 

यो अवस्थामा पोस्टमार्टमका लागि समय लाग्न देखिएको छ भने उता टुँडीखेलमा अन्तिम श्रद्धमञ्जलीका लागि राखिने समयतालिका हेरफेर हुन सक्ने सम्भावना देखिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, सफल पर्यटन उद्यमी तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, हेलिकोप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षागार्ड नेपाली सेनाका जमदार अर्जुन घिमिरेलाई देशले गुमाएको छ । 

यी सपुत केवल कसैको परिवारका सदस्य मात्रै थिएनन् । सिंगो देशका हस्ती थिए । सिंगो देशका नायक थिए । र परिवर्तनको आवाज बुलन्द गर्नका खातिर आ–आफ्ना स्थानबाट अहोरात्र खटीरहेका थिए । अब यी ७ सपुत कहिल्यै फर्किनेछैनन् । त्यसैले त देश ब्याकुल छ । आक्रान्त छ ।  सिंगो देश रोइरहेको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?