काठमाडौं । पेप्सीकोलामा भएको सवारी दुर्घटनामा दुईवटा मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक सन्तोष घले र दीपेन्द्र तामाङ रहेका छन्।
आइतबार विपरित मोटरसाइकलले बसको अघिबाट बाटो काटेको थियो । आफ्नै गतिमा आइरहेको बसले मोटरसाइकललाई बचाउन खोज्दा बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको जिप, बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
घटनामा दुइ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया