नयाँ विधान कार्यान्वयन जसपाको प्रमुख कार्यभार : राजेन्द्र श्रेष्ठ

लोकपथ
49
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीको नयाँ विधान कार्यान्वयन जसपाको अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश समितिले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सांगठनिक कार्यलाई तिव्रता दिई विधान कार्यान्वयनमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

त्यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले ३ महिने पार्टी विस्तार तथा सुदृढिकरण अभियानलाई परिणाममुखी बनाउन सबैजना जुट्नुपर्ने बताए ।

पार्टीको गण्डकी प्रदेश समितिको इन्चार्ज समेत रहेका थापाले पार्टी निर्माणमा इमान्दारीपूर्वक नेता, कार्यकर्ताहरुलाई लाग्नुपर्ने कुरामा जोड दिए ।

उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब ५ दर्जन नेता, कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ सहितका नेताहरुले खादा र अबिर लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?