काठमाडौं । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्युभएको छ ।
अस्पताल प्रशासनको लापरबाहीका कारण पत्थरीको अप्रेशन गरिएका कञ्चनपुर बेलौरी नगरपालिका–१० शिवनगका ५५ वर्षीय ऐजनलाल चौधरीको निधन भएको हो ।
आइतबार बाँयाको किड्नीको अप्रेसन गर्दा अत्याधिक रक्तश्रावको कारणले मृत्यु हुन गएको अस्पताल प्रशासनले जनाएको छ ।
यसैबीच बिरामीका आफन्तहरुले अस्पतालमा चर्को नारा लगाएपछि सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै बिरामीका आफन्तहरुले अस्पताल प्रशासन र डाक्टरहरुविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया