काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) आयरल्याण्डको अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा पदमविक्रम खाड निर्वाचित भएका छन् ।
गत जुलाइ २५ तारिखमा भएको निर्वाचनमा आइसीसी सदस्यका उम्मेदवार रहेका खाड निर्बिरोध निर्वाचत भएका हुन् । यसअघि उनी एनआरएन आयरल्याण्डको प्रवक्ता रही सफलतापूर्वक काम गरिसकेका छन् ।
आफूूले आयरल्याण्डमा रहेका नागरिकहरुको हकहितका लागि काम गर्ने बताए । साथै गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकता पाउने विषयमा सरकारले गम्भीरताका साथ लिनुुपर्ने समेत बताए ।
एनआरएन आयरल्याण्डको अध्यक्ष प्रकाश सापकोटा निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया