देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा बुुधबार रातिदेखि नियमित रूपमा प्याज भित्रिन थालेको छ । गत शनिबार भारतले प्याजमा ४० प्रतिशत निर्यात महसुुल वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार थोरै आएर बजारमा भित्रिन छाडेको प्याज बुुधबार रातिदेखि भित्रिन थालेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुुधबार साँझ २४५ मेट्रिक टन प्याज भित्रिएको छ भने बिहीबार साँझसम्म १५० मेट्रिक टन प्याज आएको छ । बजारमा भित्रिएको प्याजको भाउ पनि बढेर आएको छ । गएको आइतबार प्रतिकेजी ६१ रुपियाँमा बिव्रmी भएको प्याज बिहीबार भाउ बढाएर प्रतिकेजी ७८ रुपियाँ थोक मूल्य तोकिएको खबर गोरखापत्रले छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया