काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा विनय अधिकारीले उम्मेद्वारीको घोषणा गरेका छन् ।
हाल संघको उपमहासचिव रहेका अधिकारीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
आज काठमाडौंमा उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनमा भएका विकृति हटाउन र परिवर्तन ल्याउन उम्मेदवारी दिन लागेको बताए ।
उनले भने ‘गैरआवासीय नेपाली संघले कर्णाली र मधेश प्रदेशका जो मानविय विकास र सूचांकमा पछाडी छ त्यहाँका लागि विकासको स्रोत केन्द्रीत गरि प्राथमिकताका आधारमा कार्ययोजना बनाई अघि बढ्ने छ । गैरआवासीय नेपाली संघभित्र परिर्वन गर्न सक्ने मानिस आउँनु हो भने हामी नेपाल सरकारसँग सहकार्य गरेर काम गर्न सक्छौ । ’
उनले अहिलको प्रवृत्ति परिर्वतनका लागि आफ्नो उम्मेद्वारी रहेको दाबी गरे ।
‘म अध्यक्ष भएपनि पहिलो बैठकबाट सबै निर्णय प्रक्रियालाई वैज्ञानिक तवरले दिर्गकालिन तथा अल्पकालिन फाइदा र यो संस्थागत विश्लेषण गरी सम्बन्धीत विभागबाट समेत सहमति निर्णय गरिन्छ र यसबाट निर्णय प्रक्रियालाई व्यवस्थित सिस्टमबाट चल्ने वातावरण तयार भई घण्टे बहस जुन खालको हुन्छ त्यस्तो खालको परिस्थितिलाई पविर्तन गर्ने छु ।’
उनले, गैरआवासीय नेपाली संघको रणनीतिक योजना समेत नभएको भन्दै बृहत कार्यशाला योजना गरी विगतका पाठ सिकाई भविष्यका पाइलाहरु रच्ने, दिर्गकालिन र अल्पकालिन तथा समयगत कार्ययोजना तयार गरि व्यवस्थित तरिकाले संघको अभियान सञ्चालन गर्ने बताए ।
नेपालमा समेत दर्जनौँ व्यवसायमा संचालन गर्दै आएका अधिकारीले युकेबाट स्नातकोत्तर गरेका छन्। नेपालको गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षकसमेत हुन् ।
एनआरएनएको आगामी कार्यकालका लागि चुनावी मैदानमा डा. बद्री केसी, रविना थापा, डा. हेमराज शर्मा, महेश श्रेष्ठ, डा. केशव पौडेल, राजेन्द्रकुमार शर्मालगायतले उम्मेदवारी दिने चर्चा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया