काठमाडौं । नापी कार्यालय लहान कार्यरत अमिन घुससहित पक्राउ परेका छन् ।
सिरहाको लहानसीथत नापी कार्यालयमा कार्यरत अमिन दिपरंजन यादवले जग्गाधनी प्रमाणपत्र बनाउने भन्दै सेवग्राहीसँग १० हजार घुस लिईसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया