काठमाडौं । विज्ञहरुले प्लास्टिकको विकल्पमा अन्य सामानको प्रयोग गर्नुपर्ने भन्दै वातावरणमैत्री वस्तुको उत्पादनमा जोड दिएका छन् ।
राष्ट्रिय सभा अन्तरगत दिगो विकास तथा सुशासन समितिको सोमबार बसेको बैठकमा प्लाष्टिकजन्य फोहोरमैलाको व्यवस्थापनमा राम्रो नीतिको आवश्यकता रहेको पनि विज्ञहरुले बताए ।
बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले छलफल सकारात्मक भएको भन्दै उक्त छलफलबाट राम्रो नीतिको सिर्जना हुने विश्वास व्यक्त गरे ।
प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापनको विषयलाई सरकारी स्तरबाट छिटो र प्रभावकारी बनाउँनुको साथै समितिको तर्फबाट पनि आवश्यक सहयोग गर्ने पनि उनको भनाइ थियो ।
सभापति पन्तले एउटा प्लास्टिक नै उत्पादन गर्ने र अर्को उपभोग्य कुराहरुको उत्पादनमा पनि प्याकिङ्को लागि प्लास्टिकको प्रयोग गर्ने हुदाँ यस्तो प्रकारको उद्योगलाई पनि ध्यानमा राख्नुपर्ने बताए ।
उनले भने, यसलाई फेरि अरु समिति सम्बन्धित सरोकारवालाहरुसँग बसेर यसलाई निष्कर्षमा पु¥याउने कोशिस गर्ने नै छौ । दुईखालको उद्योग देखिएको छ हामीसँग एउटा प्लास्टिक नै उत्पादन गर्ने अर्को उद्योग भनेको पानी उत्पादन गर्ने तर प्लास्टिक उत्पादन गरिरहेको छ, चाउ चाउ उत्पादन गर्छ यस्तै उपभोग्य कुराहरु उत्पादन गर्छ तर प्लास्टिकको प्रयोग गर्छ । यस्तो उद्योगलाई पनि फरक फरक तरिकाले हेर्नुपर्ने हुन्छ । नियमनमा त्यस्तो कुरा पनि आउँनु पर्छ । ’
यस्तै बैठकमा वन तथा वातावरण मन्त्रालयका पूर्व सचिव डा. विश्वनाथ ओलीले प्लाष्टिकको सामानको विकल्पमा कपडा, बाँस जस्ता सामानको प्रयोग गर्नुपर्ने भन्दै वातावरणमैत्री पदार्थको उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले भने, प्लास्टिकको सामानको विकल्पमा अन्य सामानको प्रयोग गर्नुपर्छ । जस्तै कपडा, बाँसका सामानको प्रयोग गर्न सकिन्छ । वातावरणमैत्री पदार्थहरुमा जोड दिनु पर्छ । महानगरपालिकासँग छलफल गरेर ठूला ठूला मार्केटहरुमा सामान प्याक गर्ने सामानलाई पनि निरुत्साहित गर्नुपर्छ । ’
प्रविधिको कमि भएको कारण नेपाल रिसाइकलिङ् गर्ने विषयमा पछाडि परेको भन्दै रिसाइकल हुन नसक्ने प्लास्टिकहरुलाई सडक बनाउँन, उर्जा निकाल्न, सिमेन्ट र इटा भट्टमा बाल्नको लागि प्रयोग गर्ने विषयमा पनि ध्यानदिनु पर्ने पनि ओलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया