प्रतिनिधिसभाको बैठक आइतबारका लागि तय गरिएको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
यद्यपि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राखेको छ । गत सोमवार बसेको बैठक पनि एमालेले नाराबाजी गरेकै कारण स्थगित भएको थियो ।
एमालेले करिब सय किलो सुन बरामद प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति बनाउन माग गगर्दै आएको छ ।
एमालेको अवरोधकै कारण निरन्तर बैठक स्थगित हुँदै आएको छ । एमालेले सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको हा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया