काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर दलाल सम्वन्धी कारोबार सञ्चालनका लागि अनुमतिपत्रको आशयपत्र पाएका मध्ये थप पाँच वटा कम्पनीहलाई धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स दिएको छ ।
बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार बोर्डको बिहिबार बसेको सञ्चालक समितिको बैठकले प्रकृया पुरा गरेका थप पाँच वटा कम्पनीलाई नयाँ ब्रोकर कम्पनीको लाईसेन्स दिईएको हो ।
लाईसेन्स पाउने कम्पनीहरुमा सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज लिमिटेड, बेनी सेक्युरिजिटज प्राली, हिमालयन सेक्युरिटिज लिमिटेड र सनी सेक्युरिटिज लिमिडेड रहेको छ ।
अनुमती पाएका मध्ये सजिलो, रोडसो र बेनीले सिमित कार्यगर्ने धितोपत्र दलाल कम्पनीको अनुमती पाएका हुन् । यि बाहेकका हिमालयन र सनीले भने पुर्ण कार्य गर्ने धितोपत्र दलाल कम्पनीकोरुपमा लाईसेन्स पाएको बोर्डका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया