काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गफ दिएको भरमा अब पार्टीको नेता हुन नपाइने बताएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँंगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपाका नेता हुँ भन्नेहरुले पार्टीलाई असफल बनाएर छाडेको आरोप लगाए ।
उनले भने ‘ अब राप्रपामा केन्द्रीय कार्यलयमा घुमेर,कनै नेताको घर दैलो गरेर ,नेताको घरमा गएर कुरा लाएर नेता हुन नपाउने व्यवस्था मिलाएका छौं । राप्रपा कहाँ असफल भयो पत्ता लगाईसकेको छौं र राप्रपा असफल भएकै राप्रपाको नेता हुँ भन्नेहरुले काम नगरेर हो । ’
अध्यक्ष लिङदेनले अब नेताहरुलाई खुट्टा माथि खुट्टा खापेर सोफामा बसेर ठूलो ठूलो कुरा गर्ने मौका नपाउने व्यवस्था मिलाएको बताए ।
उनले भने ‘ कुराले दलिन जुधाउने भन्छ नि नेता नेता जुधाउने यताको कुरा उता लाने धाउने अहिले पनि साना साना अवशेषहरु बाँकी छ । ’
उनले अब सबै एक भएर अगाडि जानु पर्ने र भ्रष्टाचार गर्न नहुने बताए । अहिले भ्रष्टचारको विरुद्धमा कुनै पनि नेता,कुनै पार्टी बोल्छ भने राप्रपाको डरले बोलेको लिङदेनको दावी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया