भदौ ३ गते विश्वासको मत लिन मुख्यमन्त्री थापाले संसद सचिवालयमा दिए निवेदन

लोकपथ
56
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिन संसद सचिवालयमा निवेदन दिएका हुन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले धारा १६८ को उपधारा ९४० बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०–०५–०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ पहिलो संशोधन सहितको नियम १२८ को उपनियम (१) र (२) बमोजिम वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको छु,’ थापाले दिएको निवेदनमा उल्लेख छ ।

 बैठक आज बस्दै :

कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बस्ने भएको छ । साउन १५ गते अर्को सूचना नभएसम्म लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आज बस्न लागिएको हो ।

आजको बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रदेश सभा नियमावली, २०७४ को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृत गर्ने सम्बन्धमा परेको सूचनामा छलफल हुने कार्यसूची पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?