काठमाडौं । क्षितिज नाट्य प्रतिष्ठानले, बहुजातीय साँस्कृतिक संग्रहालय र नाट्य कला मन्दिर निर्माणका लागि सरकारसँग एक थान इट्टा माग गरेको छ ।
प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वीय संस्कार, संस्कति र रितिरिवाज बचाउने उद्देश्यका साथ निर्माण गर्न लागिएको संग्राहलय निर्माणका लागि सरकारसँग एक थान इट्टा माग गरेको हो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले, एयरपोर्टबाट टन का टन सुनका इट्टा भित्र्याउने सरकारसँग पूर्वीय संस्कार र संस्कृतिको जर्गेनाका लागि ध्यानाकर्षण गराउँदै एक थान इट्टा माग्न काठमाडौं आएको बताए ।
पश्चिमेली संस्कृतिबाट पुर्वीय संस्कृतिलाई जोगाउन हरेक नागरिकसँग १ थान इट्टा अभियान गरेको प्रतिष्ठानले सरकार पूर्वीय संस्कार र संस्कृतिको संरक्षणमा वेखबर बनेकोले अभियान थालिएको अध्यक्ष कल्पितले बताए ।
सुबिधा सम्पन्न नाट्य कला मन्दिर निर्माण गर्ने पवित्र महान र ऐतिहासिक लक्ष्य बोकेर हरेक देश भक्त नागरिकहरका घर आँगनमा पुगेर एकथान इट्टा अभियान चलाइएको उनको भनाई छ ।
‘हामीले श्रोत साधन र आर्थिक अभावका कारण पनि हाम्रो पूर्वीय संस्कार, संस्कृति, रीतिरिवाज परम्परा र पुर्खाहरुको गौरवशाली इतिहास बचाउन मात्रै हैन पश्चिमेली संस्कृतिबाट हाम्रो पूर्वीय संस्कृतिलाई अक्क्षुण राख्न सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर सबै जातजाति तथा भाषाभाषी को सामुहिक पहिचान झल्काउने गरी बहुजातीय साँस्कृतिक संग्रहालय र प्रदेश नं १ कै पहिलो सुबिधा सम्पन्न नाट्य कला मन्दिर निर्माण गर्ने पवित्र महान र एतिहासिक लक्ष्य बोकेर हरेक देश भक्त नागरिकहरका घर आँगनमा पुग्दै १ थान इट्टा मागिरहेका छौ । ’ उनले भने ।
उनले आर्थिक श्रोतको अभावमा अधुरै रहेको काम पुरा गर्न अभियान चलाएको भन्दै एक थान इट्टाका लागि सरकारले बजेट व्यवस्था गर्ने विश्वास व्यक्त गरे । व्यङ्ग्यात्मक रुपमा एक थान इट्टा माग गरेको प्रतिष्ठानलेले सरकारलाई रकम रकमान्तरण गरेर भएपनि एक थान इट्टा उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ ।
‘पूर्वीय संस्कार र संस्कृति बचाउ अभियानमा लगानी गर्ने नीति तथा कार्यक्रम नभए वा सो क्षेत्रमा रकम विनियोजन नै नगरीएको भए पनि सरकारले कहि कतैबाट रकम रकमान्तरण गरेर भए पनि आम नागरिक सरह १५ रुपैयाँको १ थान इट्टा हामीलाई प्रदान गरी हामीले चालेको अभियानमा उल्लेख सहयोग पुर्याउन सकोस भन्ने ठुलो आशा भरोषा र अपेक्षा राखेका छौं ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया