पत्रकार सम्मेलन गरेर बाहिरदै मोदी

लोकपथ
49
Shares

काठमाडौं । माओवादी केन्द्रले संघीय मामिला मन्त्रीबाट अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

मोदीको ठाउँमा जनमतकी अनिता देवी साहलाई सरकारमा सहभागि गराउने तयारी गरेको छ । केही बेरमा अनिताले राष्ट्रपति कार्यालयमा पद तथ  गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।

पार्टीबाट फिर्ता बोलाएपछि मोदीले पनि सोही समयमा मन्त्रालयमा पत्रकार भेटघाटको कार्यक्रम राखेका छन् । निजामति प्रशासनको नेतृत्व गरेका मोदीले मन्त्रालयको नेतृत्व सम्हालेको करिव आठ महिनामा कर्मचारीहरुबाटै सहयोग नपाएको गुनासो गर्दै आएका थिए ।

मोदी २०७९ माघ ३ गते मन्त्रीमा नियुक्त भएका थिए । यस विचमा उनले प्रशासन क्षेत्रमा सुधार गर्न केही नयाँ निर्णय गरे । दुर्गमका कर्मचारी सुगम पठाउन, सुगमका कर्मचारी दुर्गम पठाउन, कर्मचारी सुरुवामा सिस्टम बसाउन, निमित्तलाई निमुट्यान्न पार्न, काज फिर्ता गर्न लगायतका विषयमा उनले विभिन्न निर्णय गरेका थिए । तर, उनले गरेका यस्ता महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने निर्णय कार्यान्वयन भएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?