काठमाडौं । बंगलादेशी नागरिकहरुलाई नेपालमार्फत् विभिन्न देशमा पठाइदिने भन्दै गठी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न समयमा काठमाडौं र ललितपुुरका विभिन्न स्थानमा बन्दक बनाइ राखेको अवस्थामा प्रहरीले ५ जना बंगलादेशी र २ नेपालीसहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बंगलादेशी नागरिकहरु अमिर होस्सेन, एमडी मोस्योर राहानाम, सलिम मिँया, जहन्गिर आलम र दुुई नेपालीहरु रोशनी राई र तारा नेपाली समेत रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले आज पत्रकार सम्मेलन गरी सो कुरा जानकारी दिएको हो ।
कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार उक्त गिरोहले बंगलादेशबाट ८ जनालाई ल्याइ विभिन्न स्थानमा बन्दक बनाएर राखेको थियो । उनीहरुले विदेश पठाउने भन्दै नेपाल ल्याइएका व्यक्तिका परिवारबाट लाखौँ रकम फिरौती माग्ने गरेका थिए ।
यसरी पुुग्यो ठगी गर्नेहरुको गिरोहसम्म प्रहरी
बंगलादेशी नागरिक आबु बकर सिद्धिकीले गत साउन २४ गते पर्यटक प्रहरी कार्यालय भृकुुटीमण्डपमा निवेदन दिएका थिए । उक्त गिरोहका मुख्य नाइके मध्येका एक अमिर होस्सेन लगायत व्यक्तिले बंगलादेशमा रहेका पीडितका परिवारलाई फोन गरी लाखाँै फिरौती मागेको भन्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा काठमाडौं महानगरपालिका वडा नं ९ स्थित कालिमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसको कोठा नं ३१० मा एमडी नजमुुल र एमडी याइसिनलाई बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
साथै त्यहाँ रहेका अमिर हुस्सेनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै सोही होटलको कोठा नं ३११ मा बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले इब्राइम होस्सेन र एमडी एल अमिनलाई उद्धार गरेको थियो । सो क्रममा सोही ठाउँमा बसेको अवस्थामा उक्त गिरोहका अन्य एमडी मोटिन मिया, राफुु रेइन, रिजो आमेड रे, एमडी फरहड होस्सेन र तारा नेपाली लगायतको मिलेमतोमा बंगलादेशी नागरिक रोजोन र फरहार्डलाई उद्धार गरिएको थियो । साथै पक्राउ परेको गिरोहसँगको सोधपुुछको आधारमा अन्य दुुई जनालाई प्रहरीले उद्धार गरेको थियो । पक्राउ परेका एमडी मोटिन मिया र उनकी श्रीमती तम्मिना बेगुम र जहगिन्गर अलम समेतले नक्सालमा रोशनी राईले गरेको केटीसि ब्यूटी पार्लर एण्ड स्पाको नाममा दर्ता भइ मसाज सेन्टर मा बन्धक बनाइ राखेको अवस्थामा सह्ना र रुम्मा अक्तरको उद्धार गरिएको थियो । सो प्रकरणमा पक्राउ परेका माथि उल्लेखित र रोशनी राई समेतलाई अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको थियो ।

उनीहरुलाई मुलुुकी अपराधसंहिता, २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसूूरमा थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले जनाएको छ ।
यो गिरोहले बंगलादेशबाट त्यसरी आएका मानिसहरुलाई विदेशको प्रक्रियाका लागि केही समय लाग्छ भनी ८–१० दिनमा होटल फेरेर राख्ने गरेका प्रहरीले जनाएको छ।
त्यसपछि उनीहरुले पीडितहरुलाई सेफ हाउसमा लगेर मोबाइल, पासपोर्ट, साथमा भएको पैसा लगायत कुरा नियन्त्रणमा लिई कुटपिट गरी यातना दिएको भिडिओ बनाउने गरेका थिए।
यी आरोपीहरुले भारतको आधारकार्ड तथा नेपालको नागरिकता समेत लिने गरेको पाइएको छ।
नेपाली महिलाहरुसँग लिभिङ टुगेदरमा बस्ने बस्ने तथा विवाह गरेको भनी ती महिलाहरुको नाममा बैंकमा खाता खोली पैसाको कारोबार गर्ने, जग्गा जमिन तथा सम्पत्ति खरिद गर्ने र कभरका रुपमा विभिन्न पेशा तथा व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको खुलेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया