सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक  पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सबाट चीन जान लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले राति नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो ।

दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको आशंकामा पक्राउ गरिएको छ । यही प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?