काठमाडौं । नेपाली कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन् । सीआईबीले शर्मालाई गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
सांसद शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै संसदमा बोलेका थिए ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारमाथि प्रश्न उठाएका छन् ।
‘केहि दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको होरु संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृती दिएका हुन्रु कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्रु’ । उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया