काठमाडौं । मकवानपुरमा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी परेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका २ को औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका हुन् ।
राक्सिराङका विकास चेपाङ, सन्तोष चेपाङ, सुनिमाया चेपाङ, राजकुमार प्रजा, आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको हुन् । च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई उपचारको लागि भरतपुर रिफर गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया