काठमाडौं । सय केजी सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ ।
गृहमन्त्री नारायकाजी श्रेष्ठले संसदमा जवाफ दिएसँगै एमालेका सचेतक महेश बर्तौलाले उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरेका थिए ।
यहीबिचमा एमालेले नाराबाजी शुरु गरेपछि सभामुख देवराज घिमिरे बाँकी कार्यसूची हटाएर भोलि बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया