हामीलाई अझै पनि गृहमन्त्री र अर्थमन्त्रीमाथि शंका छ– महेश बर्तौला

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सय केजी सुन प्रकरणमा अझै पनि गृहमन्त्री र अर्थमन्त्रीमाथि शंका रहेको बताएका छन् ।

मंगलबार संसदमा बोल्दै बर्तौलाले सुनकाण्डमा गृहमन्त्री र अर्थमन्त्रीमाथि शंका रहेको आरोप लगाएका हुन् ।

राजश्व अनसन्धान विभागका कर्मचारीले सुन आउँदै गरेको कुरा प्रधामन्त्रीलाई १० दिन अघि नै जानकारी गराएको भन्दै त्यसमा गृहमन्त्रीले थाहा छैन भन्नु शंकास्पद रहेको भन्दै उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?