राप्रपाले भन्यो– ‘उच्चस्तरीय छानविन समिति बनाउँदा राज्यलाई के क्षति हुन्छ ?’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले, उच्चस्तरीय समिति बनाउँदा सरकारलाई के क्षति हुन्थ्यो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रतिपक्षको मात्रै होईन, सरकार पनि सदन चलाउने पक्षमा नभएको भन्दै समिति निमार्ण गर्दा के नोक्सान हुन्थ्यो भनेका हुन् ।

‘आज सरकार पनि सदन नचलोस भन्ने चहान्छ, प्रतिपक्षको मात्रै कुरा होईन् । अहिले प्रतिपक्षलाई अभियोग लगाएर सरकार मस्तसँग बस्ने अवस्थामा छ । यस्तो गम्भीर विषयमा उच्चस्तरीय समितिको माग गर्दा त्यो समिति बनाउँदा सरकारलाई क्षति हुने विषय के थियो । के नोक्सान हुन्थ्यो । सरकारले गरेको सबै अनुसन्धान पूर्ण छ ?’ उनले भने ‘सरकारले गरेका सबै काम पूर्ण हुदैँन् । जनतालाई विश्वास दिलाउँनको लागि पनि समिति बनाउँन सहयोग गर्नुहोस् । यसको निमार्णपश्चात पद जाने हो र ?’

उनले केही दलहरु मिलेर संसदलाई बन्धक बनाउँन नमिल्ने भन्दै संसदीय समिति निमार्णको विषय स्विकार्य नभएको बताए ।

उनले भने,‘केही दलहरु मिलेर संसदलाई बन्धक बनाउँन मिल्छ । तपाईहरु रातारात सल्लाह गर्ने तीनवटा दलले सल्लाह गर्यो भनेर हामी पछि लाग्नु पर्ने, म प्रश्न गर्न चहान्छु यो गैर संवैधानिक शक्ति केन्द्रको निमार्ण यो संसदभित्र कसरी भयो, संसदको कुन धारा उपधाराले यो संरचनाको परिकल्पना गर्छ । तीन दल बस्ने, संसदीय समितिको निमार्ण कसरी हुन्छ भन्ने कुरा नियामवालीमा छ तीनवटा दल बसेर यसको टुङ्गो लगाउने हो यस्तो कुरा आइरहेको छ । कसैलाई निषेध गरेर जाने अहिलेको संसदीय संरचनाले पनि कल्पना गरेको छैन्, र जनमतको चहाना पनि होईन् । त्यो कुरा स्वीकारदैनौ ।’

उनले अर्थतन्त्र संकटमा छ, निमार्ण व्यवसायीहरु हप्तौदेखि सडकमा छन्, काम गरेको भुक्तानि पाएको छैन् भन्दै यस विषयमा कुनै छलफल छैन् तर भागबन्डाको कुरा भने मिलिरहेको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?