राजदुत सिफारिस संविधानको भावनाअनुसार नभएको भिमसेन दास प्रधानको आरोप

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री भिमसेन दास प्रधानले राजदुतको सिफारिस संविधानको भावनाअनुसार नभएको टिप्पणी गरेका छन् ।

आईतबार काठमाडौंमा आयेजित संविधान कार्यान्वयन : जनप्रतिनिधिको भूमिका विषयक अन्र्तक्रियामा उनले केही सासदहरुले यो समावेशी भएन भनेर आवाज उठाउदा उठाउदै पनि ६ जना राजदुतको सिफारिस संविधानको उलंघन गरेर गरिएको भन्दै आपत्ति जनाए ।

‘केही दिन अघि मात्र संसदीय सुनुवाई समितिमा ६ जना राजदुतको सिफारिस भयो । तर संविधानको स्पिरिट अनुसार अनुसार त्यो सिफारिस समावेशि भएन् ।’ उनले भने ।

उनले संविधानको मौलीकता भनेकै मानवको आर्थिक समावेशी, धर्मनिरपेक्ष संघियता र गणतन्त्र भएको भन्दै त्यसको संरक्षण र कार्यान्वायन सबैको दायित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?