बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । बालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन परिमार्जनलगायतको विषयमा छलफल भइरहेको छ।

५ दिनदेखि जारी केन्द्रीय समितिको बैठक आज सकिदैँ छ ।

नेताहरूलाई बोल्नको लागि दिउँसो १ बजेसम्मको समय छुट्याइएको छ। त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?