काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले टिकटकबाट सांसद डा. आरजुु राणा देउवाको चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएको छ ।
तरुण दलका अध्यक्ष विद्धान गुुरुङले विज्ञप्ति जारी गर्दै राजनीतिक पूर्वाग्रह राखी कानुनकै धज्जी उडाएको भन्दै आपत्ति जनाए ।
‘माननीय आरजु राणा देउवाज्यूलाई लक्षित गरी वहाँको सामाजिक प्रतिष्ठा, इज्जत एवं मर्यादामा प्रत्यक्ष आँच पुुर्याउने दुुरासय राखी सामाजिक सञ्जालहरुमा प्रशारिस तथा प्रचारित झुुटा र अनर्गल एवं भ्रामक रुपमा प्रेसित विभिन्न पोष्टहरु प्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
आरजुुमाथि अनर्गल प्रचार गरी चरित्र हत्या गर्नेहरुको विरुद्ध कानुनी कारबाही गर्न गृहमन्त्री र प्रहरी प्रशासन समक्ष जोडदार माग गरेको छ । साथै ती व्यक्तिविरुद्ध कुनै कारबाही नभएमा आफैँ प्रतिकारमा उत्रिने समेत चेतावनी दिएको छ ।
‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवान्छीत मनोवृत्तिका व्यक्ति वा समूहहरुलाई ३ दिनभित्र कानुनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति नेपाल सरकार गृह मन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ । नेपाल तरुण दलको आग्रहलाई बेवास्ता गरी कानुुन विपरित कार्यमा संलग्न उल्लेखित पक्षलाई कारबाही गर्ने आलटाल गरेमा त्यस्ता गतिविधिको विरुद्ध दल आफैँ प्रतिकारमा उत्रन बाध्य हुनेछ । नेपाल तरुण दलको धैर्यताको बाँध नटुटोस्, यदी दलले अन्यायका विरुद्ध आफैँ प्रतिकारमा उत्रिँदा हुन सक्ने पनि अकल्पनीय परिस्थिको जिम्मेवार सरकार र सम्बन्धित पक्ष आफैँ हुुनुुपर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
सुवास बोहोरा भन्ने टिकटक आइडीबाट कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी आरजुको गरिमामा आँच पुर्याउने काम गरेको गुुरुङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया