सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा विद्यालय संचालक र प्यावसनका अध्यक्ष पक्राउ

लोकपथ
574
Shares

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि आई.ई एम.आई.एस. भरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन्।

हाल सबैलामा बस्ने महतो सबैला नगरपालिका प्यापसनको अध्यक्ष छन्। पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले लोकपथ जानकारी दिए।

अनुसन्धानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक देवकोटाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?