पदाधिकारी बैठक लगतै माओवादी स्थायी समितिको बैठक शुरु

लोकपथ
49
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक लगतै स्थायी कमिटी बैठक शुरु भएको छ । आजैदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने प्रतिवेदनहरू पारित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक शुरु भएको हो ।

स्थायी कमिटी बैठक बस्नुअघि माओवादी पदाधिकारी बैठक पेरिसडाँडामै बसेको थियो । स्थायी कमिटी बैठक लगतै आजदेखि माओवादी केनद्रको केनद्रीय कमिटी बैठक बस्दैछ । बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट शुरु हुनेछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् ।

पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा बैठकमा ३ सय ८५ जना केन्द्रीय समिति सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना सदस्यका साथै प्रदेश पदाधिकारी १ सय गरी जम्मा ७ सय ५८ सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?