काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले, आम नागरिकको ज्यानको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको जिकिर गरेका छन् ।
प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा मन्त्री ज्वालाले बर्खाको बेला आम नागरिकको ज्यानको सुरक्षा गर्ने कुरा सरकारको प्राथमिकताको विषय भएको बताए ।
‘अस्थाई रुपमा तत्काल समाधान गर्ने के के हो निष्कर्ष निकालेर सरकालाई दिउँ अहिले बर्खाको बेला ज्यान सुरक्षा गर्ने कुरा र सम्पतिको संरक्षण गर्ने कुरा प्रामिकता हो ।’ उनले भने ‘दिगो विकासको सन्दर्भमा अस्थाई रुपमा नै भएपनि ढल पाईपहरु व्यवस्था गरेर पानी व्यवस्थापन गर्नका लागि केहि क्षति नहुने गरी उपाए निकाल्ल्न छलफल गरेर त्यसको निकास निकाल्नुपर्छ यो हामीसँग प्रत्यक्ष रुपमा जोडीयो विषय हो त्यसैले समाधान गर्न सकिन्छ ।’
बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका थिए । वर्षेनी बाढीले सामाखुसी क्षेत्रमा मानवीय क्षति हुने गरेकोले तत्काल ढल गर्न ध्यानाकर्षण गराए । ‘सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्नुपर्यो’ उनले भने, ‘बाटो नै खोलाजस्तै भएको छ। यहाँ १३ वर्षका साजन मगर बाटो हिँड्दाहिँड्दै साउन ७ गते बेपत्ता भएका थिए।’
चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्खा लागेपछि रोकिँदा सामाखुसी क्षेत्रमा डुवानजस्ता समस्या देखिने गरेको भन्दै उनले तत्काल ढल व्यवस्थापन गर्न माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया