काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अडान कायमै राख्ने भएको छ ।
विमानस्थलबाट बरामद गरिएको एक क्वीन्टल सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुुपर्ने एमालेको माग रहेको छ ।
यसअघि सोमबारका लागि बोलाइएको बैठकमा एमालेले अवरोध खडा गरेपछि बैठक आजका लागि बोलाइएको थियो । तर अझै बैठक शुरु हुुन सकेको छैन ।
आज बसेको कार्यव्यस्था तथा परामर्श समितिको बैठकमा पनि एमालेले अडान कायमै राखेको छ । सुन प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति नबन्दासम्म आफूहरुको अडान कायमै रहने एमालेका सचेतक महेश बर्तौलाले लोकपथलाई जानकारी दिए ।
‘सरकार आफ्नै अडानमा छ, हामी उच्चस्तरीय समिति गठन नभइ संसदको कामकारबाहीलाई अघि बढाउन दिँदैनाैँ ।’ उनले भने ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट स्कुटरको ‘ब्रेक शु’ मा लुुकाएर राखेको अवस्थामा बरामद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया