राष्ट्रपति पौडेल र नेपालका लागि युएईका राजदूत अलसामीबीच भेटवार्ता

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेट गरेका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?