यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
392
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज युरो र पाउण्ड दुबैको विनिमय दर हिजोको तुलनामा बढेर आएको छ ।

राष्ट्र बैंकले आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा र्निधारण गरेको छ ।

हिजो पाउण्ड एक डलरको खरिद दर १६७ रुपैयाँ तोकेको थियो । आज दुई रुपैयाँ बढीले पाउण्डको भाउ बढेको छ । आज युरो पनि झन्डै दुई रुपैयाँले बढेर आएको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री दर १३१ रुपैयाँ ५० पैसा रहेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७३ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?