सुन काण्ड : सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

लोकपथ
28
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सय केजी सुन काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै गत चैत १७ गते अर्थमन्त्री बनेको र केही समयपछि अर्थसचिव र भन्सारका कर्मचारी सरुवा गरेपछि अहिलेको काण्ड घटेको आरोप लगाए ।

साथै अनुसन्धानको प्रक्रियालाई सघाउनका लागि राजीनामा दिने माग गरे ।

सुन काण्डको बारेमा साना माछालाई मात्रै पक्राउ गर्ने हो भने आफूले सदनमा आमरण अनसन बस्ने घोषणा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?