काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ ।
आज प्रतिनिधि सभा बैठक बस्नुअघि रास्वपाले सार्वजनिक महत्वपको प्रस्ताव पेश गरेको हो ।
सुन प्रकरणले नेपालको अर्थतन्त्रमा नै विचलन र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार परीक्षणको सञ्चालन र त्यहाँको प्रणालीमा नै गम्भीर प्रश्न उठाएको रास्वपाको ठहर रहेको छ ।
आज प्रतिनिधि सभामा रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको हो ।
उक्त प्रकरणले नेपालको सुरक्षा प्रणाली नै कमजोर रहेको देखाएको रास्वपाको ठहर रहेको छ ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुनकाण्डबारे छानबिनको मागसहित संसदमा अवरोध खडा गर्ने र गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया