सांसद तामाङले गरिदिए आर्थिक रुपमा विपन्न दुलालको उच्च शिक्षा तय

लोकपथ
42
Shares

काठमाडौं । बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले आर्थिक रुपमा विपन्न सुजता दुलालको उच्च शिक्षा तय गरिदिएका छन् । बिग्रँदो आर्थिक अवस्थाका कारण आत्महत्या गरेका मेलम्ची ११ का स्वर्गीय गुरु प्रसाद दुलालकी छोरी सुजतालाई सांसद तामाङले काठमाडौंको हाँडीगाउँस्थित सान इन्टरनेशनल कलेजमा कक्षा ११ मा भर्ना गरिदिएका हुन् ।

बाबु गुरुप्रसादले आत्महत्या गरेसँगै अभिभावक विहिन बनेकी सुजताको उच्च शिक्षाका लागि आफूले सहयोग गर्ने सांसद तामाङले बचन दिएका थिए । सोही अनुसार आज (मंगलबार) सान कलेजमा सुजताको भर्ना गरिएको हो ।

साथै, सुजताको कक्षा ११ र १२ अध्ययनका लागि लाग्ने स्टेशनरी, ड्रेस लगायत लाग्ने सम्पूर्ण खर्च सांसद तामाङले कलेज प्रशासनलाई बुझाएका छन् ।
उक्त कलेजमा सुजतालाई भर्ना गराउनका लागि नेपाली कांग्रेसका नेता मधुसुदन सिग्देलले समन्वय गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?