आफैँ रुपान्तरण नभएसम्म लक्ष्य हासिल हुन्न : कानून मन्त्री गुरुङ

लोकपथ
42
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं कांग्रेस उपसभापति धनराज गुरुङले आफैँले आफैँलाई रुपान्तरण नगरेसम्म लक्ष्य हासिल गर्न नसकिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ४१औँ बीपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठी कार्यक्रममा उनले गन्तव्यहीन भएर अलमलिनु परेको छ कि सही गन्तब्यमा छौँ भन्ने महत्वपूर्ण कुरा भएको बताए ।

‘हामीले नेपाली जनताको लागि मुलुकको लागि देशको लागि नै राजनीति गरिरहेका छौं भन्ने कुरालाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ । के हाम्रो यात्रा गन्तव्य ठिक ठाउँमा पुग्न खोजिरहेको छ या फेरि हामी पनि अलमलीरहेका छौं ? ’ उनले भने ।
सिङगो मुलुकको रुपान्तरण गर्ने हो भने त्यो भन्दा अगाडी पार्टीको र पार्टी भित्र भएका नेताहरु रुपान्तरित भएर देखाउनु पर्ने उनको तर्क छ ।

आफै रुपान्तरण नहुनेले पार्टीको रुपान्तरण गर्न नसक्ने र पार्टीको रुपान्तरण गर्न नसक्नेले देशको रुपान्तरण गर्न नसक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?