वार्षिक क्यालेन्डर र कार्ययोजना कार्यान्वयन गर्न कांग्रेस एकतावद्ध छ : नेता बडू

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले महामन्त्री द्वयले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको वार्षिक क्यालेन्डर तथा कार्ययोजनाको संस्थागत कार्यान्वयनका लागि कांग्रेसले एकताबद्ध भएर लाग्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसको लागि महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले तयार गरी बैठकमा प्रस्तुत गरेको वार्षिक क्यालेन्डरलाई सबैले जोड दिएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औैँल्याए ।

उनले भने, ‘महामन्त्रीमार्फत प्रस्तुत गरिएको जुन नीति र कार्ययोजनाहरु छ । यो छलफलपछि सबैको योजना हो र सबैको संस्थागत कार्यक्रम हुन्छ । यसको कार्यान्वयनको लागि पार्टी संस्थागत रुपमा एकतावद्ध ढंगले जुट्नुपर्छ । यो अहिलेको आवश्यकता हो ।’

बडूले वार्षिक नीति तथा कार्यक्रमको संस्थागत कार्यान्वयनले मात्रै कांग्रेसको विधानलाई सस्थागत रुपमा वडा देखि केन्द्रसम्मै क्रियाशिल गराउने र पार्टीलाई नयाँ जीवन दिने धारणा राखे । वार्षिक क्यालेन्डर कार्यान्वयनमा कांग्रेस एकतावद्ध भएर अगाडि जाने उनको दाबी छ ।

उनले कांग्रेसको गुटगत कार्यशैलीलाई आपत्तिजनक रुपमा लिन नहुने धारणा राखे । ‘हामी एकतावद्ध ढंगले जान्छौं ।सामान्यतया निर्वाचनको बेला प्रतिस्पर्धा हुन्छ नै ,त्यो प्रतिस्पर्धा गर्नेहरु जो जहाँ उभिए त्यसको नाममा कार्यशैलीमा केही भिन्नता देखिएला तर,त्यसलाई अन्यता लिएर आपत्तिको रुपमा हेर्न हुदैन् । पार्टीभित्र हाम्रो एकता छ । यो कार्ययोजनालाई पूरा गर्नपनि एकतावद्ध ढंगले जान्छौ । अपेक्षित परिणाम दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?