देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो आफ्नो निवास धुम्बाराहीमा सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

जारी केन्द्रीय कमिटी बैठकका निर्णयबारे छलफलका लागि देउवाले बैठक बोलाएका हुन् । साउन २ गतेबाट जारी केन्द्रीय कमिटी बैठक आजका लागि रोकिएको छ । भोलि बस्ने बैठकमा सभापति देउवाले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

बैठकले नीति महाधिवेशनको मिति समेत तोक्ने तयारी रहेका बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?