टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ : अर्थमन्त्री महत

लोकपथ
28
Shares

काठमाडौं । टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा अर्थमन्त्री डा। प्रकाशशरण महतले जोड दिएका छन् ।

नेपाल टेलिकम वर्कर्स युनियनको ३२ औँ वाषिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, ‘वर्कर्सहरुको जाहेज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनु हुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ ।’

सञ्चारको विकासमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री डा. महतले भने, ‘ल्याण्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ । प्रविधिमा छिटोछिटो विकास भइरहेको छ । यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपटुडेट राख्ने चुनौति छ । सफ्टवेयरमा एकदमै छिटो अपटुडेट हुनुपर्ने अवस्था छ ।’

स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता मन्त्री डा. महतले औंल्याए ।

अहिलेको अवस्थामा हामीले हरेक कामसँगसँगै विद्यार्थी हुन पनि आवश्यक रहेको भन्दै मन्त्री डा. महतले भने, ‘नेपाल टेलिकम वर्कर्स युनियनले यसको अगुवाइ गरोस् भन्ने चाहन्छु । सञ्चालन र उत्पादनमा जोडिएका साथीहरुले अधिकारको मात्र कुरा गर्नु भएन, यसरी हामी परिवर्तन ल्याउँछ, यसरी हामी योगदान दिनसक्छौं, यसरी हामी टेलिकमको क्षमता बढाउँछौं, यसरी हामी प्रतिस्पर्धी हुन्छ र यसरी हामी टेलिकमको शाख बचाएर राख्छौं भन्ने योजना हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?