काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले संसारभर कम्युनिष्ट आन्दोलन खस्किदो अवस्थामा रहेको बेला नेपालको कम्युनिष्ट आन्दोलन भने हराभरा र निर्णायक बन्दै आएको दावी गरेकी छिन् ।
काठमाडौंमा आयोजित ‘समाजवाद,वहस र संघर्ष’ नामक पुस्तक विमोचन कार्यक्रममा नेतृ भुसालले नेपालमा कम्युनिष्ट आन्दोलन झनै मौलाउँदै गएको बताइन् । उनले समकालीन विश्वमा कम्युनिष्ट आन्दोलन प्रतिकूल अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा भने कम्युनिष्ट आन्दोलन हराभरा अवस्थामा रहेको जिकिर गरिन् ।
उनले भनिन्,‘हामी विश्वको सानो देश तर, कम्युनिष्ट आन्दोलनको हिसावले समकालीन दूनियाँमा कम्युनिष्ट आन्दोलन प्रतिकुल अवस्थाबाट गुज्रिरहेको अवस्थामा पनि नेपालको कम्युनिष्ट आन्दोलन हराभरा र आफ्नो मार्गबाट अगाडि बढेको गौरवपूर्ण इतिहाँस छ । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि हरेक आन्दोलनमा कम्युनिष्ट आन्दोलनको भूमिका सात सालमा अलि सहायक जस्तो र त्यो यता संघीय गणतन्त्रको स्थापनासम्म आउँदा कम्युनिष्ट आन्दोलनको भूमिका निर्णायक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया